रसुवागढीका बाढीपीडितका लागि नारीशक्ति विकास मञ्चको राहत अभियान
मनाेज शाह जितपुर बारा भदौ १२ गते :
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७, चितपुरस्थित नारीशक्ति विकास मञ्चले रसुवागढी तथा भोटेकोशी खोलाको आसपास बाढीपहिरोबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन तथा सहयोग अभियान सुरु गरेको छ।

मञ्चकी आशा दाहालका अनुसार विपद्मा परेका नागरिकलाई तत्काल आवश्यक खाद्यान्न, चाउचाउ, बिस्कुट, त्रिपाललगायतका राहत सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
उहाँले “सक्नेले जहाँबाट जे सकिन्छ, सहयोग गरौँ, विपद्को समयमा एकअर्काको साथ नै सबैभन्दा ठूलो सहयोग हो” भन्दै सहयोगका लागि सबैसँग विनम्र अपिल गर्नुभएको छ।
नारीशक्ति विकास मञ्चका अध्यक्ष, पदाधिकारी तथा सम्पूर्ण टोली राहत संकलन तथा व्यवस्थापनमा जुटेको जनाइएको छ।
विपद्मा परेका नागरिकका लागि तपाईंको सानो सहयोग पनि ठूलो सहारा बन्न सक्छ। सहयोगी हातहरूलाई नारीशक्ति विकास मञ्चले हार्दिक धन्यवाद व्यक्त गरेको छ।