गरिमा चौधरी हत्या प्रकरणमा प्रशासन र पीडित परिवारबीच वार्ता, दोषीमाथि कडा कारबाहीको माग

गरिमा चौधरी हत्या प्रकरणमा प्रशासन र पीडित परिवारबीच वार्ता, दोषीमाथि कडा कारबाहीको माग
मनाेज शाह जितपुर बारा भदौ ४ गते:

तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर पीडित परिवारका प्रतिनिधि र प्रशासनबीच वार्ता सुरु भएको छ। वार्तामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको समेत सहभागिता रहेको छ।


घटनापछि सिमरा क्षेत्रमा तनाव बढेको छ। पीडित परिवार र स्थानीयले सडक बन्द गर्दै दोषीलाई कडा कारबाही गर्न मागसहित विरोध प्रदर्शन जारी राखेका छन्।
पीडित परिवारले घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीसँगै प्रहरी नेतृत्वमाथिसमेत छानबिन तथा कारबाहीको माग अघि सारेका छन्। उनीहरूले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन्।


प्रहरीले घटनामा एक बालकसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या भएको खुलेको जनाइएको छ।
वार्ताबाट पीडित परिवारका माग सम्बोधन गर्दै घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाही सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ।