जितपुरसिमरामा २० आै जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस भव्य रूपमा सम्पन्न, दलित अधिकार सशक्तिकरणमा जोड
मनाेज शाह जितपुुर बारा जेठ २१ गते:
२० आै जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८३ को अवसरमा जितपुरसिमरा उपमहानगरपालिकामा आयोजित विशेष कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। सर्वदलीय दलित समाज जितपुरसिमरा नगर कमिटीको समन्वय तथा उपमहानगरपालिकाको सहजीकरणमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी रहनुभएको थियो। उहाँले नेपालमा सबै जातजाति समान सम्मानका साथ बाँच्ने अधिकार सुनिश्चित रहेको उल्लेख गर्दै सामाजिक सद्भाव, समानता र एकताको मार्गमा सबै पक्ष अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको अध्यक्षता जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीले गर्नुभएको थियो। बिशिस्ट अतिथि आफ्नो मन्तव्यमा उहाँले जातीय विभेद अन्त्यका लागि स्थानीय तह प्रतिबद्ध रहेको र दलित समुदायको अधिकार संरक्षण तथा सशक्तिकरणमा निरन्तर काम गरिने बताउनुभयो।
कार्यक्रममा उपस्थित विशिष्ट अतिथि तथा अन्य वक्ताहरूले दलित समुदायप्रति सम्मान, समान व्यवहार र सामाजिक न्याय सुनिश्चित गर्दै सबै समुदायलाई साथमा लिएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले जातीय विभेदको अन्त्य केवल कानुनी नभई सामाजिक चेतनाबाट सम्भव हुने धारणा व्यक्त गरेका थिए।
बाल विकास शाखा प्रमुख सीमा यादवका अनुसार सयौंको सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा समुदायका विभिन्न तह र क्षेत्रका व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी लक्ष्मी खरेल गर्नुभएको थियो।