वीरगञ्जमा १३७औं अन्तर्राष्ट्रिय मजदुर दिवस: र्‍याली, सहयोग र सामाजिक सन्देश

वीरगञ्जमा १३७औं अन्तर्राष्ट्रिय मजदुर दिवस: र्‍याली, सहयोग र सामाजिक सन्देश
स्पर्श खबर जितपुर बारा बैशाख १८ गते:
वीरगञ्जमा १३७औं अन्तर्राष्ट्रिय मजदुर दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगञ्ज इकाईले मोटरसाइकल र्‍याली आयोजना गर्नुका साथै “आमाको माया छात्रावास” मा आश्रित बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हो।


कार्यक्रममा बालबालिकासँग केक काट्दै खुसी साटासाट गरिएको थियो। अध्यक्ष सौरव बर्णवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संघले मजदुर दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।