अनुभव, समावेशिता र जनविश्वासको बलियो प्यानल चुनावी मैदानमा
मनाेज साह जितपुर बारा चैत १० गते :
बहुदल आगमनअघिदेखि नै जनसेवामा सक्रिय रहँदै आएका एक अनुभवी समाजसेवी अहिले पुनः नेतृत्वको दौडमा उत्रिएका छन्। उनले २०४३ सालमा जनपक्षीय वडा सदस्यबाट राजनीतिक यात्रा सुरु गर्दै २०४९ र २०५४ सालमा वडा अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्। त्यसैगरी, २०७० सालदेखि खानेपानी क्षेत्रमा सदस्य हुँदै हाल निबर्तमान उपाध्यक्षको भूमिका निर्वाह गरिरहेका उनी १३ गते हुने निर्वाचनमा १३ सदस्यीय बलियो प्यानलसहित अध्यक्ष पुष्पा राज थापा पदका उम्मेदवार बनेका छन्।
समाजसेवा, खानेपानी, सिँचाइ तथा मेसिनरीसम्बन्धी प्राविधिक अनुभवले उनीलाई सक्षम र विश्वसनीय उम्मेदवारका रूपमा स्थापित गरेको छ। विशेषगरी, मगर समुदायको उल्लेखनीय बसोबास रहेको क्षेत्रमा उनी एक मात्र मगर उम्मेदवार हुनु थप आकर्षणको विषय बनेको छ।
उक्त प्यानलमा शिक्षित र दक्ष व्यक्तित्वहरूको समेत सहभागिता रहेको स्थानीय रमेश थापाले बताए । सागर ठाडा मगर जस्ता प्राध्यापकस्तरका व्यक्ति सचिव पदका उम्मेदवार हुनु, टिमको समावेशी र सक्षम स्वरूपको संकेत स्थानीयहरुले मानिएको छ। यही कारण, स्थानीय स्तरमा यस प्यानलले व्यापक समर्थन पाउने र समग्र टिम नै विजयी हुने आकलन गरिएको झिर्ङि मगरले बताए ।
स्थानीय उपभोक्ताहरू नारायण प्रसाद घिमिरे, रमेश श्रेष्ठ, मीन रमौली, ॐ प्रकाश साह, कल्पना देवकोटा, ललिता थापा लगायतका मतदाताहरूले पनि उक्त टिमप्रति सकारात्मक धारणा व्यक्त गर्दै आएका छन्। जनताको साथ, अनुभवको बल र समावेशी सोचले यो प्यानल चुनावमा मजबुत दाबेदारका रूपमा उभिएको देखिन्छ। सखुवघाट खानेपानी उपभोक्त तथा सरसफाइ समितिकाे बलियो उम्मेदवारकाे प्यानल मनिएकाे स्थानीयहरुकाे भनाइ छ