बेलहियामा आम जनता पार्टीको चुनावी समिक्षा बैठक सम्पन्न

बेलहियामा आम जनता पार्टीको चुनावी समिक्षा बैठक सम्पन्न

मनोज साह जितपुर बारा फागुन २८ गते
आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष तथा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा प्रत्यासी उमेश कुशवाहाको प्रमुख आतिथ्यतामा प्रसौनी गाउँपालिका–६ बेलहियामा चुनावी समिक्षा बैठक सम्पन्न भएको छ।
बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै चुनावका क्रममा सक्रिय रूपमा खटिएर सहयोग गर्ने पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो। कार्यक्रममा स्थानीय तहमा पार्टी संगठनलाई अझ मजबुत बनाउने, जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्ने तथा आगामी दिनमा पार्टीका गतिविधि कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा समेत विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता कुशवाहाले निर्वाचनका क्रममा देखिएको जनसमर्थनले आफूहरूलाई थप जिम्मेवार बनाएको बताउनुभयो। उहाँले पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता र समर्थकहरूको मेहनतको प्रशंसा गर्दै चुनावमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने सम्पूर्ण आम जनतालाई पनि विशेष धन्यवाद व्यक्त गर्नुभयो।