परवानीपुर काण्ड: सम्बन्धको रहस्य खुलेपछि श्रीमान र सासुको हत्या

परवानीपुर काण्ड: सम्बन्धको रहस्य खुलेपछि श्रीमान र सासुको हत्या
स्पर्श खबर जितपुर बारा माघ १६ गते
बारा जिल्लाको परानीपुर गाउँपालिकामा बुधबार एकै परिवारका दुई जनाको विवत् हत्याको घटनामा विवातर सम्बन्ध जोडिएको खुलेको छ। घटनामा सलगन रहेको आरोपमा पक्राउ परेकाहरूको प्रारम्भिक बिहानको आधारमा प्रहरीले यस्तो निष्कर्ष निकालेको हो प्रहरीले हत्यामा सल्गन भएको आरोपमा मृतककी श्रीमती र उनको प्रेमी भनिएका अर्का एक पुरुषलाई बुधबार नै पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार परनिपुर गाउँपालिका वडा नम्बर १ रहरियाडी स्थित ५० वर्षीय जागरुक मण्डलको घरमा अज्ञात व्यक्तिहरूले प्रवेश गरी सुतेको अवस्थामा परिवारका सदस्यहरु माथि अन्धाधुन्द चकु प्रहार गरेका थियो । आक्रमणबाट जागरूपका ३१ वर्षीय छोरा राम ईश्वर मण्डल र ४६ वर्षीय श्रीमती सुमित्रा मण्डलको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा घरमली जगरुक मण्डल र उहाँकी २१ वर्षीय छोरी रिनाकुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको बीरगञ्ज स्थित एलएल न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र कुँवरको कमाण्डमा खटिएको अनुसन्धान टोलीले घटनाको मुख्य कारण विवाह हेतर सम्बन्धबाट उत्पन्न गराइसी विवाद रहेको निष्कर्ष निकालेको हो। सोही आधारमा प्रहरीले हत्या योजनामा सलगन रहेको आरोपमा मृतक राम ईश्वर मण्डलकी २३ वर्षीय श्रीमती मनितादेवी मण्डल र उनका प्रेमी भनिएका पर्सनी गाउँपालिका ७ बन्जरिया टोल निवासी २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई पक्राउ गरेको थियो