यात्रुवाहक बसभित्र अज्ञात यात्रुको मृत्यु , पथलैयामा सनसनी

स्पर्श खबर जितपुर बारा मंसिर २७ गते:

यात्रुबाहक बसमा मानिस मृत भएको सम्बन्धमा

मिति २०८२।०८।२७ गतेकाे अं. ०३०० बजेको समयमा
बारा जिल्ला जितपुर सिमरा उ.म.न.पा. ०१ पथलैया चोक स्थित बनेपा बाट मलंगवा तर्फ जादै गरेको बा.प्र. ०३-००१ ख ३८९२ नं. को यात्रु बाहक बसमा भक्तपुरको सानो ठिमी भन्ने ठाँउबाट चढेको तत्काल नाम थर वतन नखुलेको अं. बर्ष ५०।५२ को तराई मुलुकको जस्तो देखिने पुरुष व्यक्ति बसको सह चालक साईडको लास्टको १४।१५ नं. सिटमा बस्दै आईरहेको अवस्थामा बस सहचालकले निजलाई बोलाउन जादा मृत अवस्थामा रहेको छ भनि उक्त बसको चालक र सहचालकले प्र.चौ. पथलैया बारामा जानकारि गराउना साथ प्रहरु चौकी पथलैया बारा बाट प्र.ब.ना.नि. रुपेश थपलिया को कमाण्डमा र इ.प्र.का. सिमरा बारा बाट प्र.नि. दिवाकर गणेश को कमाण्डमा मुचुल्का सहितको टोलि खटि गएको, बस र बस चालक जि. काभ्रेपलान्चोक, बनेपा न.पा. वडा नं. ११ पाकु टोल बस्ने हरी बहादुरको कार्की छोरा अं. बर्ष ५४ को हरिशरण कार्की र सहचालक जि. रामेछाप शैपु गा.पा. वडा नं. २ माझाघर बस्ने कृष्ण प्रसाद पौडेलको छोरा अं. बर्ष २४ को नविन पौडेल प्र.चौ. पथलैयाको नियन्त्रणमा रहेको थप अनुसन्धान कार्य भईरेहको
थप टिपोट;- ऐ. ०५;३० बजेको समयमा निज मृतकको वतन जि. पर्सा, विरगंज म.न.पा. १९ केहुनिया बहुवारवा बस्ने शिवलगन प्रजापतीको छोरा अं. बर्ष ५०।५२ को रामजि पण्डित कुम्हाल भनि खुल्न आएको निजको दाइ राम सनेही लाई जानकारि गराएको ।