जितपुरसिमरा–पथलैया सडकखण्डमा भीषण दुुर्घटना : मोटरसाइकल चालक विनय चौधरीको मृत्यु

जितपुरसिमरा–पथलैया सडकखण्डमा भीषण दुुर्घटना : मोटरसाइकल चालक विनय चौधरीको मृत्यु
स्पर्श खबर जितपुर बारा मंसिर २५ गते:

जितपुरसिमरा उपमहानगरपालिका–२३, भलुहीस्थित गएराति जय माता दी पेट्रोल पम्प अगाडिको बिरगंज–पथलैया सडकखण्डमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

जितपुरतर्फबाट बिरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–०२७ प ३७८४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बायाँ साइडको रेलिङमा ठोकिँदा मोटरसाइकल चालक बारा, जितपुरसिमरा–५, बकुलिया बस्ने ३३ वर्षीय विनय चौधरी गम्भीर घाइते भएका थिए । टाउको र अनुहारमा चोट लागेको चालकको अवस्था अत्यन्त गम्भीर रहेको प्रहरीले जनाएको थियो।

मोटरसाइकलको पछाडि सवार राकेश कुमार पासवानलाई बायाँ खुट्टा र ढाडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्र.ब.ना.नि. प्रेमकुमारको कमाण्डमा प्रहरी टोली २१:२० बजेदेखि नै खटिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । दुबै घाइतेलाई २१:३५ बजेको समयमा उपचारका लागि बयोध्या अस्पताल, पर्सा पठाइएको थियो।

तर, उपचारका क्रममा २२:०५ बजे चिकित्सकहरूले मोटरसाइकल चालक विनय चौधरीको मृत्यु भइसकेको घोषणा गरेका छन् । शव सोही अस्पतालमा राखिएको छ।

दुर्घटनाग्रस्त मोटरसाइकल ईप्रका जितपुरको नियन्त्रणमा रहेको प्रहरी स्रोतले जनाएको छ।