विद्यालयको शौचालय तोडफोड
स्पर्श खबर जितपुर बारा मंसिर १३ गते
पर्सनी गाउँपालिका वडा नं २ स्थित रहेको श्री बेङ्गा साह उच्च मावि विद्यालयमा निर्माणाधीन शौचालय अज्ञात समूहले तोडफोड भएको छ। विद्यालयका प्राध्यापक मनोज कुमार शाहका अनुसार बिहिवरात्री शौचालय तोडफोड भएको हो। बिहान विद्यालयमा पुग्दा शौचालय तोडफोड भएको अवस्थामा देखियो। प्राय शाहले भन्नुभयो कसले र किन भत्कायो भन्ने बारे स्पष्ट जानकारी प्राप्त भइसकेको छैन । उहाँले विद्यार्थीलाई पनि सोधपुछ गरिएको तर कसैले पनि घटनाबारे कुनै जानकारी नपाएको भनेर जवाफ दिएको सुनाउनुभयो। प्रशाका अनुसार शौचालय निर्माण कार्य विद्यालयसँग समय बिना नै भइरहेको थियो। गाउँपालिकाबाट मान्छे आउँछन् आफै बनाउँछन् आफै जान्छ। हामीले सोधपुछ गर्ने अधिकार पनि पाउँदैनौँ। शाहले गुनासो व्यक्त गर्नुभयो। यता गाउँपालिकाको तल्चा पहिलेदेखि नै फोडिएको अवस्थामा रहेको बताउनुभएको छ। हामी गएर सरसफाईको बाँकी गरेर काम सम्पन्न गर्ने प्रक्रियामा थियौँ दुई दिनपछि विद्यालय संचालन गर्ने योजना थियो तर अहिले भत्काएको देखियो इन्जिनियरले बताउनुभयो करिब ३० लाख रुपैयाँ लागतमा शौचालय तयार भएको थियो।
प्रसाैनी बिधालयकाे शौचालय तोडफोड
oplus_0


