कलैया अस्पतालमा पाठेघरको सक्रिय सेवा सुरु
स्पर्श खबर जितपुर बारा मंसिर ११ गते।
प्रादेशिक अस्पताल कलैमा आजदेखि पाठेघरको सलक्रिया सेवा औपचारिक रुपमा सुरु भएको छ। नयाँ सेवा सुरु भएपछि जिल्लाभरिकै महिलाहरूलाई उपचारको लागि राजधानी काठमाडौँ वा अन्य ठूला सहरका निजी अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य हुने अस्पतालले जनाएको छ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जवाहर अन्सारीका अनुसार सेवा सञ्चालनमा आएपछि महिला स्वास्थ्य सेवामा नयाँ उपलब्धि जोडिएको छ। अब कलैयामै विशेषज्ञ चिकित्सा टोलीद्वारा पाठेघरको सुरक्षित तरिकाले सलक्रिया गर्न सकिने भएको छ। अध्यक्ष अन्सारीले बताउनुभयो। आशा अस्पतालका चिकित्सा टोली स्वास्थ्यकर्मी तथा स्थानीयको उपस्थित बीच सेवाको सुरुवात गरिएको थियो। यसबाट जिल्लाका सर्वसाधारण महिलाहरूले काम खर्चा र जोखिममा सहज रुपमा उपचार सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
कलैया अस्पतालमा पाठेघरको सक्रिय सेवा सुरु
oplus_16


