जितपुरसिमरा–१४ मा समग्र विकास योजनाबारे सरोकारवालासँग प्रभावकारी छलफल
स्पर्श खबर जितपुर बारा मंसिर ८ गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.–१४ ले वडाको समग्र विकास योजनालाई स्पष्ट र प्रभावकारी बनाउन विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संघ–संस्थाका अगुवाहरूसँग आज रजघट्टास्थित वडा समितिको कार्यालयमा विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ।
विकासका प्राथमिकता, पूर्वाधार आवश्यकता, सामाजिक समन्वय, शिक्षा–स्वास्थ्य सुधार, सडक तथा सरसफाइ विस्तारजस्ता विषयमा सहभागीहरूले महत्वपूर्ण सुझाव तथा सल्लाह राखेका थिए। छलफल फलदायी र भविष्यमुखी भएको सहभागीहरूले प्रतिक्रिया जनाए।
सकारात्मक सुझाव र सल्लाहका लागि सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम वडाध्यक्ष चयन मगर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। वडाध्यक्ष गुरुङले विकासका योजनामा सबै सरोकारवालाको सक्रिय सहकार्य अत्यावश्यक रहेको भन्दै आगामी दिनमा पनि निरन्तर परामर्श गर्दै वडालाई व्यवस्थित र समृद्ध बनाउने लक्ष्य दोहोर्याए।


