बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए, नयाँ एसपी रूपमा कुँवर आउँदै
स्पर्श खबर जितपुर बारा मंसिर ६ गते : बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई हेडक्वार्टर तानिएको छ। पछिल्ला दिनहरूमा जिल्लामा बढ्दो तनाव, आन्दोलन तथा सुरक्षा स्थितिबारे सिर्जना भएको संवेदनशीलताबीच उनको सरुवा भएको बताइन्छ।
स्रोतका अनुसार तामाङलाई अहिले तत्कालै प्रहरी मुख्यालयमा रिपोर्ट गराउन निर्देशन दिइएको छ। उनको स्थानमा नयाँ एसपीका रूपमा कुँवर बारा आउने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ।
गत केही दिनयता बारा क्षेत्रमा विभिन्न युवा समूहको आन्दोलन, सडक अवरोध तथा राजनीतिक गतिविधि तीव्र भइरहेकाले सुरक्षा स्थितिमा फेरबदल आवश्यक देखिएको बताइन्छ। मुख्यालयले जिल्लाको सुरक्षा व्यवस्थालाई “सुदृढ र प्रभावकारी” बनाउन नयाँ नेतृत्व पठाउने निर्णय गरेको हो।
स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाले नयाँ एसपीसँग शान्ति–सुरक्षाबारे आशा व्यक्त गरेका छन्।


