Gen-Z नगर कमिटीद्वारा मेयरलाई ट्राफिक सुधार सम्बन्धी ज्ञापनपत्र बुझाइयो

Gen-Z नगर कमिटीद्वारा मेयरलाई ट्राफिक सुधार सम्बन्धी ज्ञापनपत्र बुझाइयो

स्पर्श खबर जितपुर बारा कार्तिक २८ गते :
जितपुरसिमरा उपमहानगरपालिकामा ट्राफिक व्यवस्थापन सुधारका लागि Gen-Z जीतपुरसिमरा नगर कमिटीले आज मेयर राजन पौडेललाई ज्ञापनपत्र बुझाएको छ।

युवाहरूको सक्रिय टोलीसहित पुगेको समितिले नगरभर बढ्दो सवारी चाप, अनियन्त्रित पार्किङ, सडक अनुशासन अभाव र जोखिमपूर्ण मोडहरूको तत्काल समाधानका लागि प्रभावकारी योजना लागू गर्न माग गरेको छ।

Gen-Z नगर अध्यक्ष राज थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ट्राफिक संकेत बोर्ड, ट्राफिक लाईटको मर्मत तथा विस्तार, विद्यालय क्षेत्रमा विशेष निगरानी, फुटपाथ व्यवस्थापन र जागरूकता अभियान संचालन गर्न उपमहानगरसँग आग्रह गरेको हो।

मेयर राजन पौडेलले युवाहरूको पहलको स्वागत गर्दै ट्राफिक सुधारलाई नगरको प्राथमिकतामा राखेर आवश्यक कदम चालिने आश्वासन दिएका छन्।

Gen-Z समितिले नगर विकास र सुशासनका सवालमा आगामी दिनमा पनि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएको छ।