पूर्वमन्त्री पौडेलद्वारा विद्यालय भवन उद्घाटन

पूर्वमन्त्री पौडेलद्वारा विद्यालय भवन उद्घाटन
मनोज साह जितपुर बारा भादो १७ गते
चाइल्ड रेस्क्यु नेपालको सहयोगमा श्री साथी नेपालले सिमरामा निर्माण गरेको अपाङ्ग मैत्री विद्यालय भवन सोमबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ। उद्घाटनसँगै सो भवन सोमबार नै विद्यालय हस्तान्तरण पनि गरिएको छ। ललितपुर स्थित श्री रेस्क्यु नेपालको सहयोग र साथी नेपालको समन्वयमा करिब ३५ लाखको लगानीमा निर्माण गरिएको चारकोठे पक्की विद्यालय भवनको युवा तथा खेलकुद पूर्वमन्त्री एवं नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले उद्घाटन गर्नुभएको थियो । साथी नेपालकी अध्यक्ष सरिता सापकोटा र बारा जिल्ला अपाङ्ग महासङ्घका अध्यक्ष गंगा वाग्लेको अवस्थामा र नेपाल अपाङ्ग सेवा सङ्घ बारा तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिम्राको संयुक्त आयोजना भएको सो कार्यक्रममा जितपुर सिम्रा उपमहानगरपालिकाका मेयर राजन पौडेल, चाइल्ड रेस्क्यु नेपालका कन्ट्री डाइरेक्टर भास्कर कार्की ,मधेस प्रदेश सभा पूर्व सदस्य शोभा लामा, जितपुर सिम्रा उपमहानगरपालिका वडा १४ कि वडा अध्यक्ष चयन गुरुङ, नेपाल राष्ट्रिय मानिक विद्यालय सिम्राका प्रधानाध्यापक शंकर आचार्य, र विभिन्न सामाजिक संघसंस्था विद्यार्थी अभिभावक र स्थानीय सरकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। नवनिर्मप विद्यालय भवन हस्तान्तरणसँगै विद्यार्थीहरूले सुरक्षित सहज र गुणस्तरीय शैक्षिक वातावरणमा अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको साथी नेपालका अध्यक्ष सरिता सापकोटाले जानकारी दिनुभयो ।