पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सिमरामा भव्य स्वागत
मनाेज शाह , जितपुर बारा, भदौ १४ गते।
पूर्व राष्ट्रपति विद्या भण्डारीलाई बाराको सिमरा विमानस्थलमा नेकपा एमाले पार्टीका कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्।
वीरगन्ज उद्योग वाणिज्य संघले आफ्नै सभाहलमा आयोजना गरेको वृहत महिला सम्मेलनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्न भण्डारी वीरगन्ज पुगेकी हुन्। काठमाडौंबाट सिधै सिमरा विमानस्थल ओर्लिएका उनलाई पार्टीका नेता–कार्यकर्ताले फूलमाला र नाराबाजीसहित स्वागत गरेका थिए।
सिमरामा भएको स्वागत कार्यक्रममा एमालेका जिल्ला स्तरका नेता, जनप्रतिनिधि, महिला संगठनका अगुवा, युवा तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विमानस्थलदेखि वीरगन्जसम्म उनको यात्रामा कार्यकर्ताहरूले र्यालीको स्वरूपमा साथ दिएका थिए।
वीरगन्ज उद्योग वाणिज्य संघको महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले महिला सशक्तिकरण, आर्थिक समावेशिता र समान अवसर सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउने अपेक्षा गरिएको छ।