पशुपतिमा महिला प्रहरीको तिज : तिजको पूजा अनि सुरक्षा पनि
काठमाडौँको पशुपतिनाथमा दर्शनार्थीको बिहानैदेखि ठूलो भिड थियो । भिड बढ्दै जाँदा त्यसको व्यवस्थापनका लागि सुरक्षाकर्मीको परिचालन गरिन्छ । प्रहरीको बर्दीमा सुरक्षाका लागि खटिनेमा महिलाहरु पनि थिए ।
रंगिविरंगी पहिरनमा दर्शनका लागि आएका अरु महिलाको सुरक्षामा महिला प्रहरीहरु थिए । उनीहरु माइती जान पाएनन्, कामबाट छुट्टि पनि मिलेन । तर एउटा राम्रो के भएछ भने उनीहरु पशुपतिमा खटाइए ।
रंगिविरंगी लुगा नभएर के भो, सुरक्षाका लागि खटिएका महिला प्रहरीले संस्कृतिलाई निरन्तरता दिएको देखियो । उनीहरुले पूजा गरे प्रहरी बर्दीमै ।