कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको सम्मान गर्ने पार्टी कांग्रेस रहेको बताएका छन् । मंगलबार तनहुँको भिमादमा आयोजित सहिद कल्याण खनालको २३औँ स्मृति सभामा सभापति देउवाले कांग्रेसले सधैँ सहिदको सम्मान गर्ने बताएका हुन् ।
सहिदको कारण आज कांग्रेस यो अवस्थासम्म आएको भन्दै सधँै सहिदलाई सम्झनु पर्ने बताए । उनले सहिद परिवारलाई पार्टीले हेर्ने र मुल्यांकन गर्ने पनि बताए । २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि नै तनहुँबाट धेरैले ज्यान गुमाएको सम्झँदै उनीहरूको रगत खेर जान नदिन पार्टीले सहिद परिवारलाई मुल्याकन गर्ने बताए । देउवाले भने, ‘बलिदानी दिनेमा सहिद कल्याण खनाल पनि हुनुहुन्थ्यो । उहाँलाई सम्झिदै हामी उहाँले देखाएको बाटोमा अघि बढ्नुपर्छ ।’
कार्यक्रममा देउवाले द्धन्द्धकालमा मारिएकाहरुलाई सम्झिँदै सहिद परिवारलाई सम्मान गरेका थिए । यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सहिद कल्याण खनाल पार्टीको एउटा मिलनसार सिपाही भएको बताउँदै उनको योगदानलाई पार्टीले सधैँ सम्झिरहने बताए ।सभार नयाँ पत्रिका ।