जितपुर ट्राफिकद्वारा जितपुर सामुदायिक स्कुलमा ट्राफिक जनचेतना कार्यक्रम

जितपुर ट्राफिकद्वारा जितपुर सामुदायिक स्कुलमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न गरेको छ।

मनाेज शाह जितपुर बारा  ७ गते:

बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक  विद्यालयका विद्यार्थीहरूलाई ट्राफिक जनचेतना कार्यक्रम गरेको हो। श्री फकिरागिरी राजेश्वर गिरी उच्च माध्यमिक विद्यालयका ११ र १२ कक्षाका विद्यार्थीहरूलाई आज बिहान ट्राफिक जनचेतना कार्यक्रम गरेको जितपुर   ट्राफिक पोस्टका इन्चार्ज

काशिन्द्र यादवले बताए। जितपुर ट्राफिक इन्चार्ज काशिन्द्र यादवले ट्राफिक जनचेतना कार्यक्रम आफैले सञ्चालन गरेर विद्यार्थीलाई जनचेतना जगाउने कार्य गरेका थिए। बढ्दो सडक दुर्घट्ना न्युनिकरण उपाय सिकेका विद्यार्थीहरूले ट्राफिक नियम सधैं अवलम्बन गर्ने बताए।