उद्योगीहरुको हकहितमा सधैं काम गर्ने ,उद्योगीको समस्या आफ्नै समस्या सम्झेर काम गर्ने प्रहरी उपरीक्षक तमाङ्को प्रतिबद्धता

उद्योगीहरुको हकहितमा सधैं काम गर्ने ,उद्योगीको समस्या आफ्नै समस्या सम्झेर काम गर्ने प्रहरी उपरीक्षक तमाङ्को प्रतिबद्धता

मनोज शाह जितपुर बारा माघ २९ गते।
जिल्ला प्रहरी कार्यालय बारामा सरुवा भएका आएका प्रहरी उप्रेक्षक प्रहरी प्रमुख सन्तोष तामाङलाई जितपुर सिमरान नगर उद्योग वाणिज्य सङ्घले सोमबार एक समाराेहबिच स्वागत गरेको छ। नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा लामिछानेले विगत लामो समयदेखि जितपुर सिमरान नगर उद्योगवाणिज्य सङ्घको सम्बन्ध प्रहरी प्रशासनहरूमा पनि सम्बन्ध अझ बढी प्रकट रहने अपेक्षा व्यक्त गरेका छन्। कार्यक्रममा प्रहरी प्रमुख तामाङले जितपुर सिम्रा आर्थिक सामाजिक एवं राजनीतिक हिसाबले महत्त्वपूर्ण ठाउँ भएको बताउँदै उद्योगी व्यापारीको समस्या समाधान गर्नका साथै निजी क्षेत्रको उत्थानका लागि प्रहरी सधै सहकार्य गर्न तयार रहेको बताए । बारा जिल्लाको शान्ति सुरक्षा कायम राख्न कटिबद्ध रहने र कानुन प्रवर्धनमा रहेर व्यापार व्यवसाय गर्न सही अनुरोध गर्नुभयो। जितपुर सिम्रा नगर उद्योग वाणिज्य सङ्घले सोमबार आयोजना गरेको स्वागत परिचय तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक तामाङले सुरक्षा बिना विकास र समुद्र सम्भव नभएको भन्दै आम व्यवसायी र नागरिकको सुरक्षामा कुनै कमी हुन नदिने समेत प्रतियोद्धा व्यक्त गर्नुभयो। कार्यक्रममा जितपुर शिवराटनगर उद्योग वाणिज्य सङ्घका सदस्यहरूको संयुक्त रहेको थियो कार्यक्रमको सञ्चालन नगर उद्योग वाणिज्य सङ्घका महासचिव प्रकाश गिरीले गरेका थिए ।