जितपुरसिमरा नगरमा दुर्गा मन्दिर शिलान्यास

जितपुरसिमरा नगरमा दुर्गा मन्दिर शिलान्यास
मनाेज शाह जितपुर बारा माघ १० गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा ८ लोसनडामा श्री दुर्गा माता मन्दिरकाे शिलान्यास भएको छ । राम जानकी मन्दिर समितिका अध्यक्ष श्री लक्ष्मी चौधरीद्वारा आज बिहीबारको दिन दुर्गा माता मन्दिरको शिलन्यास गर्नु भएको छ । मन्दिर निर्माणकाे लागि अर्थिक गाउँबाट चन्दा सकल्न गरेर आज एक कार्यक्रम बिच मन्दिरको शिलान्यास भएको छ । समिति पदाधिकारीहरु राजनीतिकदल नेतागणहरु व्यक्तित्वहरू गाउँघरका बुद्धिजीवी समाजसेवी दिदीबहिनी दाजुभाइहरू लगायत उपस्थित रहेको श्याम पासवानले बताए ।