हुस्सु,कुहिरो र चिसोले बाराका जनजीवन प्रभावित
मनाेज शाह जितपुर बारा माघ ६ गते:
बारा सहित तराई मधेशका जिल्लाहरूमा यतिखेर बाक्लो हुस्सु र कुहिरोसँगै बढेको अत्याधिक चिसोले जनजीवन प्रभावित भएको छ।
विगत केही दिनदेखि मौसममा एक्कासी परिवर्तन आएर चिसो बढेपछि बाराकाे जनजीवन कष्टकर बन्दै गएको छ।
खासगरी बिहान र साँझको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ। यसले अत्याधिक जाडो बढेको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ श्रीराम साहले बताए।
अत्याधिक मात्रामा बढेको चिसो छल्न सर्वसाधारणहरु चोक चोकमा आगोकाे लागि वडा ७ का वडा अध्यक्ष सुनिल गुप्ताले दाउरा बितरण गरेका छन्। चिसोले सबभन्दा बढी बालबालिका र बृद्धबृद्धा , मजदुर प्रभावित भएका छन्।
बाक्लो हुस्सु र कुहिरो लागेपछि सडकमा हिँड्न र सवारी चलाउन समेत समस्या हुन थालेको छ। हुस्सु र कुहिरोका कारण सवारी दुर्घटनाको पनि उच्च जोखिम रहेको ट्राफिक प्रहरी जितपुरका प्रमुख कसिन्द्र यादवले बताए । यसमा सावधानी अपनाएर सवारी साधन चलाउनु अति जरुरी रहेको देखिन्छ।
शीतलहरले गरिब,दलितको जनजीवनलाई बढी प्रभावित बनाएको छ। खासगरी डोम,मुसहर र दलित वर्गलगायतका बस्तीमा शितलहरले वृद्धवृद्धा,बालबालिका तथा महिलालाई समस्या भएको हो।