जितपुरमा तरकारीको मूल्य आकाशियो, चाडपर्वमा उपभोक्ता चिन्तित

जितपुरमा तरकारीको मूल्य आकाशियो, चाडपर्वमा उपभोक्ता चिन्तित
मनाेज शाह जितपुर बारा असाेज २२ गते:

हालैको वर्षाको कारण देखाउँदै जितपुरका बजारहरूमा तरकारीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ। यस मूल्यवृद्धिले स्थानीय उपभोक्ताहरूलाई चाडवर्पको प्रभावित गरेको छ।पुरानो जितपुर गुद्री बजारमा साँझ पर्न साथ तरकारी खरिद गर्न आउने उपभोक्ताहरूको भीड लाग्ने गर्दछ। कतिपय गृहिणीहरू आफैं तरकारी किन्न आउँछन् भने अन्य कार्यालय छुट्टी भएपछि घर फर्कने क्रममा तरकारी खरिद गर्छन्। तर पछिल्ला दिनहरूमा तरकारीको असाधारण मूल्यवृद्धिले सबै ग्राहकहरूको अनुहारमा चिन्ता र निराशा छाएको देखिन्छ।
स्थानीय उपभोक्ता सगिता देबी पनि तरकारी खरीद गर्न आएकी थिन्। एनले भनिन् पहिले एक हप्ता पुग्ने तरकारीको रकमले अहिले त्यही रकममा दुई दिनको लागि पनि पुग्दैन। यो महँगीले दैनिक जीवनमा ठूलो असर परेको उनले बताईन् । व्यापारीहरूका अनुसार केही दिन अघि आएको वर्षाका कारण तरकारी खेतीमा ठूलो नोक्सानी भएको र यसले गर्दा तरकारीको अभाव भएको हो। यसले गर्दा बजारमा प्रतिकिलो १०० रुपैयाँभन्दा कम मूल्यमा कुनै पनि तरकारी पाउन मुस्किल भएको छ।
हाल बजारमा टमाटर प्रति केजी १८० रुपैयाँ, कोभी १०० रुपैयाँ, आलु ६० रुपैयाँ, भान्टा र करेला १०० रुपैयाँ, प्याज ११० रुपैयाँ, खुर्सानी २०० रुपैयाँ र भिन्डी १०० रुपैयाँ प्रति केजीमा , राइकाे सँग ५० रुपैया पुल , बिक्री भइरहेको छ। ४५ वर्षका सन्जित बस्नेतले भने चाडपर्वको मुखमा यस्तो मूल्यवृद्धि हुनु अत्यन्त चिन्ताजनक छ। यस्तो बेला पाहुना आउने हुदा भान्सामा तरकारीका परीकार नभए समस्या हुदा चर्को मुल्यको तरकारी किन्न बाध्य भएको बताउछन् । यस्तो मूल्यवृद्धिले विशेषगरी चाडपर्वको मुखमा निम्न र मध्यम वर्गका परिवारहरूलाई बढी प्रभावित पारेको देखिन्छ।