पानीको समस्याकाे दीर्घकालीन समाधानमा जुटेका छाैं : मन्त्री यादव

पानीको समस्याकाे दीर्घकालीन समाधानमा जुटेका छाैं : मन्त्री यादव
मनाेज कुमार साह
बारा, ५ असाेज
  खानेपानी तथा सरसफाई याेजनाका मन्त्री प्रदिप यादवले मधेस प्रदेशका विभिन्न क्षेत्रमा देखिएको पानीको समस्याको दीर्घकालीन समाधानमा जुटेको उल्लेख गर्नुभएको छ ।
   बाराकाे सिमरामा आयोजित “सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति” को २२ औं वार्षिक साधारण सभाकाे प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै मन्त्री यादवले संस्थाको महत्त्वपूर्ण भूमिका र योगदानको प्रशंसा गर्नु हुँदै यस्ताे कुराे बताउँनु भएको हाे ।
  सफा, सुरक्षित, र गुणस्तरीय पानीको पहुँच प्रत्येक नागरिकको मौलिक अधिकार हो । मधेसमा पानीको अभावले ठूलो चुनौती खडा गरेको उहाँले बताउँनु भयाे ।
  दीर्घकालीन समाधानका लागि ठोस् योजना बनाउँन र सामुदायिक सहभागिता अपरिहार्य रहेकाे मन्त्री यादवले बताउँदै मधेसमा झन्डै ८० प्रतिशत घरधुरीमा चापाकलहरू सुकेका कारण पानीको गम्भीर अभाव भएको उल्लेख गर्नुहुँदै खानेपानी मन्त्रालयले यस समस्याको समाधानका लागि समुदायसँग सहकार्य गर्दै सेवा विस्तार र मर्मत सम्भारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
  “सुनकोसी–मरिन डाइभर्जन परियोजना मार्फत मधेसको पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ, यसले सिँचाइ मात्र होइन, खानेपानी आपूर्तिमा पनि योगदान पुर्‍याउँने उहाँले थप्नुभयो ।”
  उपभोक्ता समितिहरूसँगको सहकार्यलाई प्रभावकारी बनाउँन ४२ हजार भन्दा बढी उपभोक्ता समितिहरूसँग सहकार्य गरेर पानीको सङ्कट समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै उहाँले सिमरा खानेपानी समितिको माँग अनुसार नयाँ ट्याङ्की निर्माण र डिप ट्युबवेल जडानका योजनाहरू प्रार्थमिक्तामा रहेको जानकारी दिनुभयो ।
  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वच्छ पानीको आपूर्ति सुनिश्चित गर्न नेपालका हिमाली स्रोतहरूको उचित उपयोगमा जोड दिँदै मन्त्री यादवले भन्नुभयो, “नेपालका हिमालहरूको पानीलाई विश्वभर वितरण गर्ने योजना अगाडि बढाउँदै छौं, जसले देशको आर्थिक समृद्धिमा योगदान गर्ने छ ।”
  यस अवसरमा सहभागी वक्ताहरूले सिमरा खानेपानी समितिको प्रयासको प्रशंसा गर्दै, सरकार र उपभोक्ता समितिहरूबिचको सहकार्यलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा समितिका अध्यक्ष कासिम हुसेनको सभापतित्वमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा मधेस प्रदेशकी सांसद मञ्जु थापा मँगर लगायतको उपस्थिति थियो ।