जीतपुरसिमर उ.म.न.पा. को छातापिपरामा रहेको गढीमाई मन्दिरमा लाग्ने मेलाको तयारी तीव्र, रोशन चौधरीको अध्यक्षतामा श्री गढीमाई मेला समिति गठन

जीतपुरसिमर उ.म.न.पा. को छातापिपरामा रहेको गढीमाई मन्दिरमा लाग्ने मेलाको तयारी तीव्र, रोशन चौधरीको अध्यक्षतामा श्री गढीमाई मेला समिति गठन

रन्जित चौधरी, जीतपुर बारा, असोज ३ गते :

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा रहेको गढीमाई मन्दिरमा लाग्ने दशैं मेलाको तयारी तीव्र पारिएको छ । यस गढीमाई मेलालाई मर्यादित र व्यवस्थितरुपमा सम्पन्न पार्नका लागि रोशन चौधरीको अध्यक्षतामा श्री गढीमाई मेला समितिसमेत गठन गरिएको छ ।

नेपालीहरुले महान् चाडको रुपमा दशैंलाई बडो धुमधामका साथ मनाउने गर्दछन् । दशैंको घटस्थापनाको दिनदेखि महानवमीसम्म गढीमाई मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ भने यहाँ दशैं अवधिभर मेलासमेत लाग्दछ । धुमधामका साथ लाग्ने गरेको दशैं मेलालाई व्यवस्थित बनाउन यसबर्ष पनि विभिन्न समितिहरु ग्ठन गरी तयारी अघि बढाइएको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अध्यक्ष रोशन चौधरीको नेतृत्वमा दशैं मेलाको तयारी शुरु भएको छ । समितिका कोषाध्यक्ष कृष्ण चौधरीका अनुसार असोज १७ गते घटस्थापनाका दिनबाट शुरु हुने मेलामा असोज २४ गते खिर भोेजन गराउने र असोज २५ गते महानवमीका दिन बली पुजाको आयोजना गरिनेछ ।
मेलालाई व्यवस्थित रुपमा सम्पन्न पार्नका लागि आवस्यक सहयोग गरिदिन समितिले स्थानीयबासी एवं सरोकारवाला निकायसंग अनुरोध समेत गरेको छ ।