माेटरसाइकल चलाककाे घटनास्थलमै मृत्यु

माेटरसाइकल चलाककाे घटनास्थलमै मृत्यु
मनाेज शाह जितपुर बारा भदौ ९ गते:

जितपुरसिमरा उपमहानगरपालिका वडा १ आधाभार जङ्गल स्थित हेटौंडा तर्फ जाँदै गरेको B AB ५०३५ नम्बर कार र बिपरित दिशाबाट आउदै गरेको बा ५८ प ४१४५ नम्बर माेटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइक चालककाे मृत्यु भएको प्रहरीले जनाएको छ । सर्लाहीकाे बागमती नगरपालिका वडा ४ स्थित जिराइत टोल बस्ने वर्ष ३६ को मान बहादुर प्रधानको घटना स्थल मै मृत्यु भएकोमा अल्पाइन हस्पिटल सिमरा लगेको र पोस्टमार्टमको लागि कलैया अस्पताल लाने लाने तयारी रहेको प्रहरीले बताए । साथै कार चालक जिल्ला काठमाडौ बस्ने वर्ष ४२ को मनोज घिमिरे (संराइज बैंक काठमाडौको कर्मचारी) सहित कार र मो सा प्रहरी चौकी पथलैयाको नियन्त्रणमा रहेको छ ।