विद्यालय ब्यवस्थापन समितिले भवन मर्मतको नाममा समेत अनियमितता गरेको भन्दै अनियमितता गरेको रकम विद्यालयको खातामा फिर्ता गर्नुपर्ने माग

मनाेज शाह जितपुर बारा भदौ ६ गते । जीतपुरसिमरा उपमहानगरपालिका वडा -१० बेहरामा रहेको परमानन्द अधारभुत विद्यालयमा रिक्त अनुदान राहत कोटामा शिक्षक भर्ना अविलम्बको माग गर्दै सचेत नागरिकहरुले विद्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

विद्यालयमा राहत कोटाको दरबन्दी खाली रहेकोले तुरुन्त प्रक्रिया अनुसार शिक्षक भर्ना गर्ने ज्ञापन पत्र मार्फत सचेत नागरिकहरुले विद्यालयलाई ध्यानाकर्षण गराएको छ ।

विद्यालय ब्यवस्थापन समितिले भवन मर्मतको नाममा समेत अनियमितता गरेको भन्दै अनियमितता गरेको रकम विद्यालयको खातामा फिर्ता गर्नुपर्ने माग गर्दै सचेत नागरिकहरुले विद्यालयको प्रधानध्यापक रामबालक दासलाई ज्ञापनपत्र बुझाईएको छ।खाली रहेको राहत कोटामा शिक्षक भर्ना नगरेको कारण विद्यार्थीहरुको पठनपाठनमा समस्य हुने गरेकोले अविलम्ब प्रक्रिया अनुसार सुचना निकालेर शिक्षका भर्ना गर्न विद्यालयलाई आग्रह गरिएको ज्ञापन पत्रमा उल्लेख रहेको स्थानिय सरोज पटेलले बताए ।विद्यालय ब्यवस्थापन समितिले बिज्ञापन प्रकाशण नगरेर गोप्य तरिका बाट शिक्षक भर्ना गर्ने चलखेल गरिरहेको स्थानिय पटेलले बताए ।