सुनको मूल्य घट्यो

स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु. नौ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला र एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि  एक लाख ४९ हजार ६ सय रुपैयाँ  निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला  २० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु. एक हजार सात सय ६० निर्धारण भएको छ ।