मालसामान सहित ट्रक पथलैया प्रहरीको नियन्त्रणमा

मालसामान सहित ट्रक पथलैया प्रहरीको नियन्त्रणमा
मनाेज शाह जितपुर बारा साउन ३१ गते:
मालसामान सहित ट्रक पथलैया प्रहरीको नियन्त्रणमा लिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा न १ पथलैया चोक स्थित प्रहरी चौकी बाट खटिएको टोलिले चेकजाँच गर्दा खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिएको पथलैया प्रहरी प्रमुख नरेश साहीले बताए । ट्रक बिरगंज बाट बाके तर्फ जाँदै गरेको ना ४ ख ५४०६ नम्बरको ट्रक लाई चेकजाँच गर्दा बिल बिजन भन्दा बढी समान रहेको साहीले बताए ।मोबिल ,हाडवेयर सामान ,कपड़ा ,औषधि,पलास्टिक जस्ता सामान्हरु रहेको उक्त सामानको मुल्य :-रु ६३५३३८१/- रुपैया बराबर को मुल्य रहेको छ ।राजेश्वर अनुसन्धान पथलैया बुझाउने तयारी भैरहेको साहीले जानकारी गराए ।