मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरुले उपमहानगरको गेटमा धर्ना

जिल्ला मकवानपुरकाे हेटौँडा उपमहानगरपालिकाले कर वृद्धि गरेको विरोधमा हेटौँडाका व्यवसायीले उपमहानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन्।

बुधबार मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरुले उपमहानगरको गेटमा धर्ना दिएका हुन्। पहिलो चरणको आन्दोलनअन्तर्गत आज तेस्रो दिन उनीहरुले एक घण्टा धर्ना दिएका छन्।

र्‍यालीसहित उपमहानगरपालिकाको गेटमा पुगेका व्यवसायीहरुले उपमहानगरपालिकाले वृद्धि गरेको कर खारेज गर्नुपर्ने माग राखेका थिए। उपमहानगरले १६ देखि १५० प्रतिशतसम्म कर बढाएको भन्दै बढाएको कर खारेजीको निर्णय नगरेसम्म आन्दोलन जारी राख्ने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए।

व्यवसायीको आन्दोलनलाई मकवानपुर उद्योग वाणिज्य संघ मातहतको १८ भन्दा बढी वस्तुगत संघहरुले ऐक्यवद्धता जनाएका छन्।

यसअघि व्यवसायीहरूले कर वृद्धिको निर्णय खारेज हुनुपर्ने भन्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा लागयत मन्त्रीहरूलाई समेत मंगलबार ज्ञापनपत्र बुझाएका थिए।