मधेश सरकार बन्यो कुशासनको भद्धा नमुना :आजपा अध्यक्ष कुशवाहा

मनाेज शाह जितपुर बारा साउन २३ गते:

देशमा सुशासन, बिकास र स्थायित्वको लागि एमाले र कांग्रेस गठबन्धन बनेको बताईरहदा मधेश प्रदेशमा ठीक उल्टो आज २० सदस्यीय मन्त्रीमण्डल बिस्तार भएकोछ । देशको सबभन्दा सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेशको बिकास बजेट लुटने प्रपञ्च हो । आठ वटा जिल्ला मात्र भएको प्रदेशमा २० वटा मन्त्रीको रेकर्डले के मधेशको नाम बढ़ाउने छ कि बदनाम गर्नेछ । सि के राउत संग सोधन चाहन्छु । आज मधेशमा दलित र गरिबहरु घर बनेको पैसा सरकारले दिन सकिरहेको छैन, विद्यार्थीको अनुपात शिक्षक छैन, शिक्षा र स्वास्थ्यको स्तर खस्कीदोछ, उधोग व्यापार चौपट छ, युवाले रोज़गार पाएको छैन, सिंगै मधेश मानव बिकास सूचकांकमा पछाडी छ । यस्तो अवस्थामा अनावश्यक मन्त्रीमण्डल बिस्तार कुनै पनी हिसाबले सही छैन । यस विषयमा गठबन्धनका नेताहरुले समयमा ध्यान देओस, नत्र जनता चुप लागेर बस्दैन आजपा मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए ।