मुख्यमन्त्री शाहले आज सपथ लिने

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सोमबार सपथ लिँदैछन् । दिउँसो साढे ३ बजे सपथ ग्रहण समारोह तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेस संसदीय दलका नेता शाह एमालेसमेतको समर्थनमा आइतबार दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । शाहले यसअघि करिब १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।

मुख्यमन्त्रीको सपथसँगै सरकारलाई पूर्णता दिने गरी मन्त्रीहरुको समेत सपथ गराउने तयारी छ । दुई दलबीच मन्त्रालय भागवण्डाको टुङ्गो लागेको बताइएको छ । काँग्रेसले मुख्यमन्त्रीसहित तीन, एमालेले तीन र नागरिक उन्मुक्तिलाई एउटा मन्त्रालय दिने सहमति भएको नेताहरुले बताएका छन् । तीनजना राज्यमन्त्रीसमेत थप्ने तयारी छ ।

पार्टीबाट मन्त्रीको नाम टुङ्ग्याउन काँग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस्तै एमालेले मन्त्रीको नामबारे निर्णय गर्न दिउँसो २ बजे संसदीय दलको बैठक आव्हान गरेको छ।