कक्षा १२ को परीक्षामा १ लाख ८७ हजार २१ विद्यार्थी फेल

काठमाडौं : कक्षा १२ को परीक्षामा १ लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन्। परीक्षामा सहभागी भएका नियमिततर्फ ३ लाख ९० हजार ६८६ जना विद्यार्थीमध्ये १ लाख ८७ हजार २१ जना फेल भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

प्रकाशित नतिजाअनुसार ९ हजार ५९१ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। १०२ जनाको परीक्षा भने रद्द गरिएको छ।