जितपुरमा, अझै हटेन पशुचौपाया छाड्ने प्रवृत्ति

जितपुरमा, अझै हटेन पशुचौपाया छाड्ने प्रवृत्ति

मनाेज शाह जितपुर बारा साउन १२ गते:

जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा  पशुचौपाया छाडा छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन । पशुचौपाया दुध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभाबी छाड्ने प्रवृत्ति कायमै छ । यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ ।
छाडा पशुचौपाया व्यस्थित गर्ने सवालमा जितपुरसिमरा उपमहानगरपालिकाले चासो नै दिन सकेको छैन्।