केयर भिजन स्पेलिङ बि कम्पेटिसन पहिलो सिल्ड उचाल्दै जीतपुर पब्लिक स्कुल ।

स्पर्श खबर जितपुर बारा साउन १२ गते:

केयर भिजन स्पेलिङ बि कम्पेटिसन पहिलो सिल्ड उचाल्दै जीतपुर पब्लिक स्कुल भएको छ । जीतपुरसिमरा नगरमा प्रथम केयर भिजन स्पेलिङ बि कम्पेटिसन सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया क्याम्पसको सभा हलमा सम्पन्न कार्यक्रममा जीतपुर पब्लिक स्कुल प्रथम भएको हो ।

केयर भिजन स्कुल जीतपुरको आयोजनामा सम्पन्न भएको स्पेलिङ बि कम्पेटिसनमा जीतपुरसिमरा उपमहानगरभित्रका ११ स्कुलहरू सहभागी भएका थिए । आयोजक स्कुलका प्रधानाध्यापक प्रधुमन चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा क्षेत्र नम्बर ४ (१) का मधेस प्रदेशसभा सदस्य देव नारायण चौधरी प्रमुख अतिथि रहनु भएको थियो ।प्रतियोगितालाई निष्पक्ष बनाउन आयोजक स्कुल उक्त प्रतियोगितामा सहभागी भएको थिएन । प्रतियोगितामा ब्राईटर एकाडेमी, एम्रल्ड एकाडेमी, एभरग्रिन स्कुल, होलीराज स्कुल, जीतपुर पब्लिक स्कुल, पवित्रा राज स्कुल, रोज एकाडेमी, सहिद स्मारक स्कुल, शुभारम्भ एकाडेमी, सेन्टिपटर्स् एकाडेमी, अम्रेला एकाडेमी गरि ११ स्कुलहरूको सहभागिता रहेको थियो । एउटा स्कुलबाट २ जना गरि प्रतियोगिता आधारभूत तहका २२ विद्यार्थीहरू सहभागी भएका थिए ।

प्रतियोगितामा अंग्रेजी विषयको शब्द र वाक्यलाई मिलाउन , वाक्यलाई शब्दमा परिवर्तन गर्ने जस्ता प्रश्नहरू दिईएको थियो । प्रश्नको सहि जवाफको आधारमा विजेता निर्धारण गरिएको प्रतियोगिताका निर्णायक मण्डलहरूले बताए ।

प्रतियोगितामा सेन्टपिटर्स् एकाडेमी दोस्रो, अम्रेला एकाडेमी तेस्रो र होलीराज स्कुल चौथो स्थान हासिल गरेको थियो ।