जितपुरसिमराका नेता साहको अन्त्यष्ठि गरियो

मनाेज शाह जितपुर बारा साउन १२ गते:

नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० इनर्वासिरा बहडिलवाका नेता गोबरी साहको आज निधन भएको छ । साहको आजै गाउँ नजिकको नदीमा अन्त्येष्टि गरिएको छ।
सो अवसरमा नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल,एमाले जितपुरसिमराका अध्यक्ष तथा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी एमाले जिल्ला कमिटी सदस्य रमेश चौधरी सुधनदास दास ,एमाले वडा नम्बर २ का अध्यक्ष रविन्द्र खकुरेल,जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष रसुल अन्सारी, एमाले नेता कृष्ण खनाल लगायतले अन्त्यष्टि अघि साहको पार्थिव शरिरमा पार्टीको झण्डा ओडाउनु भएको थियो।
एमालेले २००६ सालको आन्दोलन र बाराको किशान आन्दोलनका अगुवा रहेका पार्टिका नेता साह निधनले पार्टि र समाजलाई अपुरणीय क्षति पुगेको जनाएको छ ।