ठुलो परिमाणको लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक प्रहरीको फन्दामा

ठुलो परिमाणको लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक प्रहरीको फन्दामा

रन्जित चौधरी, बारा, श्रावण ३ गते :

इन्डिगो एयरलाइन्सबाट मुम्बई हुँदै काठमाडौं ओर्लिएका एक भारतीय नाकगरिकलाई ठमेलको एक होटेलबाट लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले कोकिनसहित पक्राउ गरेको छ । लागुऔषध कोकिनसहित पक्राउ परेका २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नासिमुद्दिन अन्सारी इन्डिगो एयरलाइन्सबाट गत साउन १ गते काठमाडौं आएका थिए । उनले ज्याकेटमा फल्स बटम बनाएर कतारदेखि उक्त लागुऔषध लुकाइछिपाई ल्याएको खुलेको छ । ज्याकेटबाट निकालेर जुसको बट्टामा राखिएको अवस्थामा प्रहरीद्वारा उक्त कोकिन बरामद भएको थियो । अन्सारीले कतारबाट लुकाइछिपाई ल्याएको लागुऔषध कोकिन एक किलो १०० ग्राम परिमाणको रहेको ब्युरोले जनाएको छ ।

पक्राउ परेका भारतीय नागरिक अंसारीका अनुसार उनले उक्त लागुऔषध ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुकवा सिरिल ओबोडोइफुलाबाट लिएका थिए । अन्सारीकै बयानको आधारमा पिंगलास्थानबाट नाइजेरियन नागरिकलाई समेत पक्राउ गरिएको ब्युरोले जनाएको छ ।