जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा चेतकुमार पोखरेलकाे एन्ट्री

स्पर्श खबर जितपुर बारा साउन ३ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पुनः चेतकुमार पोखरेल आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्दै उनको स्थानमा पोखरेललाई पठाउने निर्णय गरेको हो ।

गत बैशाखमा जीतपुरसिमरा आएकी काफलेलाई मन्त्रालयले अतिरिक्त समूहमा सरुवा गरेको छ । काफ्लेको स्थानमा मन्त्रालयले यसअघि अढाई वर्ष उपमहानगरपालिकामा काम गरेर अनुभव बटुलेका पोखरेललाई पठाउन लागेको हो ।

लामो समय जीतपुरसिमरामा बसेर काम गरेका पोखरेलको सरुवा भएपछि प्रमुख प्रशासकीय अधिृकत टिक्न सकेका छैनन् । उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्दा नगरको कामकाज प्रभावित हुँदै आएको थियो ।

जीतपुरसिमरामा पछिल्लो एक वर्षमा मात्रै चार जनाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाईसकेका छन् । २०८० साउनमा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको सरुवा भएपछि बेदराज फुयाँल आएका थिए ।

फुयाँल पनि छोटो समयमै सरुवा गरेर गएपछि नगरको कामकाज चलाउन शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादलाई मन्त्रालयले जिम्मेवारी दिएको थियो । मन्त्रालयले दिएको जिम्मेवारी अनुसार शिवजी प्रसादले काम गरिरहेकै बेला गत बैशाख २८ गते काफ्ले प्रमुख प्रशासकीय अधिकृतको रुपमा जीतपुरसिमरा आएकी थिईन् ।