जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८०/०८१ को एक वर्षे कार्य प्रगति विवरण सार्वजनिक

मनाेज शाह जितपुर बारा साउन ३ गते:

जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८०/०८१ को एक वर्षे कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा विभिन्न मुद्दा, लागू औषध सम्बन्धी मुद्दा, राजस्व संकलन, आत्महत्या, उजुरी तथा फरार प्रतिवादी सम्बन्धी तथ्यांकहरु प्रस्तुत गरिएको छ।

प्रहरीको रिपोर्ट अनुसार, आर्थिक वर्ष २०७८/०७९ मा १,०३७ वटा मुद्दा दर्ता भएका थिए भने ८०७ जना मानिस पक्राउ परेका थिए। सोही अवधिमा ७५ वटा लागू औषध मुद्दा दर्ता भएका थिए र १२३ जना मानिस पक्राउ परेका थिए। आगामी आर्थिक वर्ष २०७९/०८० मा १,१९३ मुद्दा दर्ता भएका थिए भने ८७७ मानिस पक्राउ परेका थिए। लागू औषध सम्बन्धी मुद्दा ९५ पुगेको थियो र १३८ जना मानिस पक्राउ परेका थिए।

सन् २०८०/०८१ मा १,३२२ मुद्दा दर्ता भएको र १,०३१ मानिस पक्राउ परेको विवरणमा उल्लेख छ। यसै अवधिमा ९२ वटा लागू औषध मुद्दा दर्ता भएका छन् र १३७ मानिस पक्राउ परेका छन्।लागू औषध र राजस्व संकलन

आर्थिक वर्ष २०७८/०७९ मा ५३६ किलो ३९७ ग्राम गाजा, ७ किलो ५० ग्राम चरेस, ५९ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो। आर्थिक वर्ष २०७९/०८० मा १,५१७ किलो ५५० ग्राम गाजा, २४ किलो चरेस, र २०० ग्राम ३०५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो। आर्थिक वर्ष २०८०/०८१ मा २,०५४ किलो गाजा, ४५ किलो २३ ग्राम चरेस, र ५६९.६४ ग्राम ब्राउन सुगर बरामद भएको छ।०७८/०७९ मा दुई करोड त्रिचालिस लाख उन्नब्बे हजार दुई सय बैसठी रूपैया, २०७९/०८० मा बाह्र करोड एक्कसठी लाख तेईस हजार नौ सय उन्नब्बे रूपैया, र २०८०/०८१ मा सन्ताउन करोड चालिस लाख पैतिस हजार छ सय एकावन्न रूपैया संकलन गरिएको छ।

आत्महत्या र उजुरी

प्रहरीले रिपोर्ट अनुसार, आर्थिक वर्ष २०७८/०७९ मा ४६ महिला, ४९ पुरुष, ८ बालक र ३६ बालिकाले आत्महत्या गरेका छन्। आगामी वर्षमा महिला ४७, पुरुष ४६, बालक ८, बालिका २० र आर्थिक वर्ष २०८०/०८१ मा ६८ महिला, ६४ पुरुष, ७ बालक र २४ बालिकाले आत्महत्या गरेका छन्।

महिला सम्बन्धि उजुरीहरुमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। आर्थिक वर्ष २०७८/०७९ मा २,२१३ उजुरी मध्ये १,४५० मिलापत्र भएका छन् भने २०७९/०८० मा २,१४४ उजुरी मध्ये १,६६६ मिलापत्र भएका छन्। आर्थिक वर्ष २०८०/०८१ मा १,९३६ उजुरी मध्ये १,७५० उजुरी मिलापत्र भएको प्रहरीको रिपोर्टमा उल्लेख छ।

फरार प्रतिवादी र अन्य तथ्यांक

जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद जरिवाना तोकेका ३१९ जना फरार प्रतिवादी पक्राउ परेको जनाएको छ। यी प्रतिवादीबाट ७९ वर्ष ३ महिना ३ दिन कैद र १ करोड ५४ लाख ५६ हजार २८८ रुपैया जरिवाना संकलन गरिएको छ।

प्रहरीले ७ वटा हतियार र २० राउण्ड गोली बरामद गरेको छ भने ९६ वटा हराएका मोबाईलहरु फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ।

प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार, अबैध आर्थिक कारोबार (हुण्डी) सम्बन्धी ४ मुद्दा दर्ता गरि ८ जनालाई पक्राउ गरी ३८ लाख ९ हजार रुपैया बरामद गरिएको छ।

सवारी साधन ट्राफिक कारवाही अन्तर्गत ३४,२८५ सवारीलाई कारवाही गरी २ करोड ९७ लाख ३१ हजार ५ सय रुपैया राजश्व संकलन गरिएको छ।सामुदायिक कार्यक्रम

प्रहरीले ३,०८८ वटा सामुदायिक कार्यक्रम संचालन गरेकोमा १ लाख २२ हजार १ सय ५७ जना लाभान्वित भएको जानकारी दिएको छ। अनुचित लेनदेनमा १,०४३ मेलमिलापबाट २१ करोड ५६ लाख २७ हजार ६०६ रुपैया र ३० बिगाह १७ कठा १७ धुर जग्गा फिर्ता गराइएको पनि उल्लेख छ।