उद्योग वाणिज्य संघमा पत्रकार  इन्दीप कोइराला मनोनित

उद्योग वाणिज्य संघमा पत्रकार  इन्दीप कोइराला मनोनित

मनाेज शाह जितपुर बारा जेठ २६ गते:

बारा जिल्लाकाे   निजगढ नगर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा इन्दीप कोइराला मनोनित भएका छन्। संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले विधानबमोजिम कोइरालालाई मनोनित गरेको हो।

कार्यसमितिको १७औँ बैठकको निर्णयअनुसार कोइरालालाई सदस्यमा मनोनित गरिएको थियो। उक्त निर्णय कार्यान्वयन गर्दै शनिबार बिहान संघले मनोनित प्रमाणपत्रसहित उनलाई संघको कार्यसमितिमा स्वागत गरेको संघका महासचिव गोविन्दप्रसाद न्यौपानेले जानकारी दिए।

निजगढ नगरपालिका– ८ निवासी कोइराला नयाँ पत्रिका र एभिन्यूज टिभी बाराका संवाददाता तथा निजगढ न्युजका संचालकसमेत हुन्। नेपाल फोटो पत्रकार महासंघ बाराका सचिवसमेत रहेका कोइराला नेपाल पत्रकार महासंघ बाराका कार्यसमिति सदस्यसमेत हुन्। विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका उनी डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन्।