प्रथम लोहसण्डा गोल्डकपः उद्घाटन खेलमा सिटिको बिजयी सुरुवात

प्रथम लोहसण्डा गोल्डकपः उद्घाटन खेलमा सिटिको बिजयी सुरुवात

मनाेज शाह जितपुुर बारा जेठ २० गते:

 

विरगञ्ज सिति फुटबल क्लब विरगञ्जले प्रथम लोहसण्डा फुटबल गोल्ड कप २०८१ मा बिजयी सुरुवात गरेको छ । जनशक्ति क्बल कोल्हबीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै विरगञ्जले प्रतियोगतामा सुखद सुरुवात गरेको हो ।

काल्हबीलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा विरगञ्जले १–० को जीत निकालेको थियो । विरगञ्जको जीतमा जर्सि नम्बर ८ का खेलाडी अर्मान चौधरीले पेनाल्टी सुटलाई सदुपयोग गर्दै एक गोल गरे । निर्धारीत समयमा विरगञ्जको बिरुद्धमा कोल्हबीले गोल फर्काउन नसकेपति चौधरीको गोल खेलको निर्णयक बन्न पुग्यो ।

सनराईज युथ क्लब लोहसण्डाको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको लोहसण्डा खेलमैदानमा भएको उक्त उद्धाटन खेलको पहिलो हापको १२औं मिनेटमा चौधरीले पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेका थिए ।

प्रथम लोहसण्डा फुटबल गोल्डकप प्रतियोगिताको उद्घाटन गर्दै बारा क्षेत्र न ४ (क) को प्रदेश सभा सदस्य देवनारायण चौधरीले खेलकुदको विकासका निम्ती आफू बाट हुने सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उद्धाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको उंहाले देशमा खेलको महत्व बढ्दै गएको र खेलको माध्यमबाट देशको पहिचान अन्तराष्ट्रिय स्तरमा बढ्दै गएको बताउनु भयो ।

सनराईज युथ क्लका अध्यक्ष बन्दन चौधरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा  जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारि,  बारा क्षेत्र न ४ (क) को मधेस  प्रदेश पुर्व  सभा  सदस्य सुन्दर बिश्कार्मा, उपमहानगरको पहिलो  उपमेयर  सरस्वती  चौधरी, जीतपुरसिमरा ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहा, नेपाली काग्रेसका नेता कृष्णव्रत सिह,  जीतपुरसिमरा ८ का वडा सदस्य गांग पटेल ,   विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वडा सहसचिव संदेश सिंहले गर्नुभएको थियो ।

सनराईज युथ क्लबको आयोजनामा जेठ १९ बाट गते देखि सुरु भएको प्रतियोगिता जेठ २६ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु ८० हजार र उपविजेताले नगद रु ४० हजार प्राप्त गर्नेछन् ।