बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप पर्सा प्रहरीको  नियन्त्रणमा

बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप पर्सा प्रहरीको  नियन्त्रणमा
मनाेज शाह जितपुर बारा फागुन १३ गते:

बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप पर्सा प्रहरीको  नियन्त्रणमा

  गएराती बिल विजक भन्दा बढी चुकुन्दर बोकेको माल बाहक पिकअप  गाडी पर्सा प्रहरीले पक्राउ गरेको छ ।  वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा प्रदेश ३-०१-०२४ च ३५८९ नम्बरको मालवाहक पिकअपलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी चुकुन्दर लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा  चौतीस हजार आठ सय बराबरको चुकुन्दर नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि   राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा    प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायबउपरीक्षक  कुमार बिक्रम थापाले बताए  ।