५० जना कामदार कटौति गर्दै गणपति बनस्पती उधोग

५० जना कामदार कटौति गर्दै गणपति बनस्पती उधोग

मनाेज शाह जितपुर बारा माघ २५ गते:
बाराको जीतपुरसिमरा उपमहानगरपालिका -३ बजनीमा रहेको गणपति बनस्पती उधोगले आर्थिक मन्दीको बहाना बनाएर कामदार कटौतीको सूचना निकाले पछि कामदारहरु अहिले चिन्तित भएको छ । स्थायी रुपमा कार्यरत रहेका ५० जना कामदार कटौतीको नाम नै तोकेर लिस्ट निकाले पछि अहिले त्याहाँ कार्यरत कामदारहरु चिन्तामा परेको छ  ।बिगत २०,२५ बर्ष देखि निरन्तर रुपमा काम गर्दै आईरहेको कामदारलाई एकै पटक निकाल्ने सूचना निकाले पछि अहिले गणपति बनस्पती उधोगमा कार्यरत कामदारहरु न घर न घाटको भएको छ  ।उधोगमै काम गरेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको र आफुहरुलाई गणपति बनस्पती उधोगले आर्थि मन्दीको बहाना देखाएर काम बाट निकाल्नु दुखद रहेको उक्त उधोगमा कार्यरत कामदार प्रधुमन प्रसाद चौरसियाले बताउनु भयो   ।

गणपति वनस्पती उधोगले आर्थिक मन्दीको बहाना बनाएर पहिला देखिने स्थायी रुपमा कार्यरत कामदारलाई जगेडामा राखेर काम गराईरहेको थियो । माघ २३ गते ५० जनाको नाम सहित सूचना तास गरेर काम बाट कटौती गर्ने जनाएको थियो   ।उधोगको लागि २५ बर्ष देखि काम गरिरहेको र अहिले उधोगले आर्थिक मन्दीको बहाना देखाएर आफुहरुलाई निकाल्न लागेको कामदार युवराज पराजुलीले बताउनु भयो  ।

यता गणपति वनस्पती उधोगले बिगतका बर्ष देखि नै बढ्दो बजार प्रतिस्पर्धा गर्न नसके बाट उत्पादित तेलहरू भारत निकासी हुदैं आएकोमा भारतले तेलको आयातमा एक्साईज डिउटी बढाएको बाट निर्यात ठप्प नै हुन् गएको उत्पादन गर्नु पर्ने अवस्था नभएको स्थीतिमा पनि श्रमिकहरुलाई काम बिना पूरा पारिश्रमिक भुक्तानी गर्दै आएको उधोगको अवस्थाले र आर्थिक भार वहन गर्न नसक्ने अवस्था भएकोले कामदार कटौती गर्न लागेको उधोगका प्रशासन शाखा प्रमुख दिनेश चन्द्र गिरीले बताउनु भयो  ।

 

यता उधोगले दैनिक ज्यालादारीमा कम गरिरहेकाहरुलाई न हटाएर स्थायी रुपमा कार्यरत मजदुर कटौती गर्न थाले पछि अहिले विवाद बढेको हो  ।गणपति वनस्पती उधोगले श्रम ऐन २०७४ को दफा १४५ को प्रक्रिया अनुसार नै कामदार कटौती गर्न लागेको बताए पनि उधोगको अहिले निर्यात जारीरहेको आर्थिक मन्दीको बहाना देखाएर कामदार कतैति गर्न लागेको कामदारहरुले बताएको छ  ।