भन्सार छली चोरी पैठारी गरी ल्याएको मेसिन, सुपारी, जुत्ता र औषधी  पर्सा प्रहरीको नियन्त्रणमा

सेयर गर्नुहोस्

भन्सार छली चोरी पैठारी गरी ल्याएको मेसिन, सुपारी, जुत्ता र औषधी  पर्सा प्रहरीको नियन्त्रणमा

मनाेज शाह जितपुर बारा माघ २३ गते:
जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्कस्थित सडकखण्डबाट प्रहरीले ७ लाख ३७ हजार ६ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।

भारतबाट भन्सार छली चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि व्यक्तिहरु सामान छोडेर फरार भएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

उनकाअनुसार नक्शा प्रिन्ट गर्ने मेशिन (स्काई कट मेशिन) १ थान, प्लटिङ् पेपर १ रोल, लेडिज सर्ट २ थान, ट्रमनील ट्याब्लेट २ हजार १६८ पत्ता, ९४ किलोग्राम काचो सुपारी, अफ्जल मिन्ट फ्लेवर ६० किलोग्राम, साडी १ थान, कुर्ता सुरुवाल २ थान र २० जोर जुत्ता बरामद गरिएको हो । बरामद सामग्रीलाई वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक कुमार बिक्रम  थापाले बताए ।