बाराकाे प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै

बाराकाे प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै

मनाेज शाह जितपुर बारा माघ २३ गते:बारा, प्रसौनी गाउँपालिका–१ बजार क्षेत्रमा विवाह, गोष्ठी, सेमिनार, सभा आयोजना गर्ने उद्देश्य अनुसार बहुउद्देश्यीय भवनको निर्माण कार्य शुरू भएको छ । करीब पाँच करोडको लागतमा तीन कट्ठा क्षेत्रफलमा दुई तले भवन निर्माण भइरहेको हो ।
दुई तले भवनको माथि सभाहल रहनेछ भने भुइँतलामा आठवटा कोठा निर्माण गरिनेछ । गापा अध्यक्ष विनोद जयसवालका अनुसार प्रसौनी गापामा दुई सयजनाभन्दा बढी मानिस भेला हुनेगरी सुविधासम्पन्न पार्टी प्यालेस, होटल नरहेकोले स्थानीयको माग मध्यनजर गरी बहुउद्देश्यीय भवन निर्माण भइरहेको उनले बताए ।
उक्त भवनमा ३५० जना अट्न सक्ने बताइएको छ । सुबोध पाण्डे सञ्चालक रहेको अर्चना/पिपी कन्स्ट्रक्शन जेभीले एक वर्षभित्र सो भवन निर्माण कार्य पूरा गर्ने सम्झौता गरेको छ ।