कलैयाबाट भारतीय सुटर पक्राउ

सेयर गर्नुहोस्

बारा, माघ ९ गते ।

बारा प्रहरीले एक भारतीय सुटरलाई पक्राउ गरेको छ । जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मिनियामा भएको भारतीय युवक हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी दर्पा थाना ग्राम पन्चायत तीनकोनी १ सुक्लहियाका २२ वर्षीय रुपेशकुमार महतो रहेका छन् । महतोलाई गत असोज ९ गते पचरौतामा भारत मोतिहारी दर्पा थाना ग्राम पन्चायत तीनकोनी १ सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

सुटर महतोलाई कलैया उपमहानगरपालिका १० बाट पक्राउ गरिए बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनु भयो । पक्राउ परेका महतो भारतीय सुटर भनिएका सुजितकुमार सिंह समूहका सदस्य हुन् । अजितलाई गोली प्रहरी गर्दा सुजित र रुपेश संगै रहेको प्रबक्ता न्यौपानेको भनाइ छ ।

प्रहरीले यसअघि पुष १० गते सुजितलाई खुट्टामा गोली प्रहार गरी बिश्रामपुरबाट नियन्त्रणमा लिएको थियो । भारत मोतीहारीका सुजितमाथी कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या गरेको आरोप छ ।