जीतपुरसिमरामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु, ३६ विद्यालय भए सहभागी

सेयर गर्नुहोस्

बारा, माघ ९ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । जीतपुरसिमरा उपमहानगरको आयोजनामा शुरु भएको उक्त प्रतियोगितामा ३६ विद्यालयहरु सहभागि भएका छन् ।

माघ ९ बाट शुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १३ गते सम्म चल्ने छ । २० सामुदायीक र १६ संस्थागत विद्यायलको सहभागिता रहेको उक्त प्रतियोगितामा कुल ९ क्षेत्रको खेल हरु हुने छन् ।

प्रतियोगितामा क्रिकेट, भलिवल, फुटबल, हाइजम्प, लङजम्प, सटपुट, डौड, कराते, तेकान्दो गरि ९ खेलहरु हुने आयोजक जीतपुरसिमरा उपमहानगरले जनाएको हो । ९ खेल खेल्नको लागि ३६ विद्यालयबाट कुल ५७४ विद्यार्थी खेलाडिहरु सहभागि भएका छन् ।

आयोजक जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा उद्घाटा भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको प्रमुख अतिथि बारा क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य एंव पुर्व मन्त्रि ज्वाला कुमारी साह रहनु भएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य मधु साहि, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, जीतपुरसिमरा १४का वडा अध्यक्ष चयन गुरुङ लयागतको उपस्थिति रहेको थियो ।