जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव गिरिले गरे कैँची सिरिजबाट अभिनयमा डेव्यु

सेयर गर्नुहोस्

बारा, पुस २९ गते ।

बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिवले अभिनयमा डेव्यु गरेका छन् । संघका महासचिव प्रकाश गिरिरे नेपाली वेब सिरिज कैँचीबाट अभिनयमा डुव्यु गरेका हुन् ।

सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुन लागेको कैँची वेब सीरीजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने लागिएको छ । कैँची वेब सीरीज चर्चित अभिनेता कमेश्वर चौरसियाको मुख्य भुमिकामा निमार्ण हुन लागे छ ।

सो वेब सिरिजमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरि वडा अध्यक्षको भुमिका निर्वाह गरिरहेका छन् । उनी सो वेब सिरिजबाट अभिनय क्षेत्रमा गिरि डेव्यु गर्न लागेका हुन् ।

अभिनेता चौरासिया आफैले लेखेकोे कथामा पटकथा तथा संवाद लेखनमा चौरसियालाई निर्देशक नरेशनाथ योगी (किङ योगी)ले सहयोग गरेका छन् । बड्डी इन्टरटेनमेन्ट र ढाका टोपी फिल्म्सको ब्यानरमा निर्माण हुने यो वेब सीरीजमामा समिर खरेल र दिपक आरजे निर्माताको रुपमा रहेका छन् ।