लायन्स क्लब अफ सिमरा युथले उचाल्यो अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी

सेयर गर्नुहोस्

बारा, पुस २१ गते ।

लायन्स क्लब अफ सिमरा युथले वीरगन्जमा सम्पन्न प्रथम अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी उचालेको छ । वीरगन्जस्थित हाम्रो फूटसलमा आयोजित प्रतियोगिताको फाइनलमा लायन्स क्लब अफ कलैयालाई पराजित गर्दै सिमरा युथले उपाधी उचालेको हो ।

उपाधी उचाल्ने क्रममा सिमरा युथले कलैयालाई फाइनल खेलमा ९–० को फराकिलो अन्तरले पराजित गरेको छ । लायन्स क्लब अफ वीरगन्ज मिलेनियमलाई ६–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको सिमराका लागि वर्ष २०२२।२३ का अध्यक्ष दिवाकर भण्डारी एक्लैले पाँच गोल गरे । यसैगरी उमेश चौलागाईले तीन र रमेश सुवेदीले एक गोल गरेका थिए ।

विजेता तथा उपविजेता टिमलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गभर्नर डिएन अग्रवाल, सेक्रेटरी बासु तिमिल्सीनाले ट्रफि र प्रमाणपत्र वितरण गरेका थिए । अग्रवालले विजेता क्लब सिमरा युथका अध्यक्ष त्रिलोक बिक्रम शाहलाई ट्रफी हस्तान्तरण गरेका थिए । 

लायन्स क्लब अफ वीरगन्ज परिवारले आयोजना गरेको प्रतियोगितामा बारा र पर्साका लायन्स क्लबको सहभागिता रहेको थियो । प्रतियोगितामा लायन्स क्लब सिमरा युथ, कलैया, वीरगन्ज परिवार, वीरगन्ज मिलेनियम, आदर्शनगरलगायतले सहभागिता जनाएका थिए ।