दुर्गा प्रसाईंको दाबीः फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ

सेयर गर्नुहोस्

काठमाडौं, मंसिर १७-

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताएका छन् ।आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताएका हुन् ।

उनले व्यवस्था परिवर्तनको आन्दोलन घोषणा गरेका प्रसाईंले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने दाबी गरेका छन् ।

उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताए । प्रसाईँले भने, ‘ झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ । अब यो व्यवस्था परिवर्तन हुन्छ ।’